बुधबार, १२ वैशाख २०८१

सिभिल बैंकका ग्राहकहरुलाई अव थप २९ साझेदारहरु मार्फत विशेष छुट

समयपोष्ट २०७९ साउन २२ गते १७:२८

Advertisement

सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै
साझेदारहरु संग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरुले अव निम्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको बैंकले जनाएको छ ।




बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताउनु भयो ।

करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री