बिहीबार, १५ चैत २०८०

सिटिजन्स बैंकले सार्वजनिक गर्यो १० गुणासम्म प्रतिफल पाईने मुद्धति योजना

समयपोष्ट २०७९ साउन २२ गते १३:२२

Advertisement

सिटिजन्स बैंकले ‘सिटिजन्स चिरायु मुद्धति योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धति योजना’ खाताको शुभारम्भ गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित १८० शाखा प्रबन्धकहरूको भेला (लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ)मा उक्त मुद्धती येजना सार्वजनिक गरेका हुन् ।

सिटिजन्स चिरायु मुद्धति योजना योजना अन्र्तगत १३ वर्ष ४ महिनादेखि २२ बर्ष १ महिनासम्म मुद्धति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाइनेछ ।

यस्तै रेमिटेन्स चिरायु मुद्धति योजनामा ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

मुद्धति निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्धति निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री