शुक्रबार, १६ चैत २०८०

बुक बिल्डिङलाई सेफ ल्याण्डिङ गराउने प्रतिवद्धता

समयपोष्ट २०७९ साउन १९ गते २२:१७

Advertisement

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हित र सुरक्षा बोर्डको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज यहाँ आयोजना गरेको ‘पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले बोर्डले धितोपत्र बजारमा रहेका समस्या समाधान गर्दै लगानीकर्ताको लगानी सुरक्षा गर्नुपर्ने बताउनुभएको हो ।

धितोपत्र बजारमा लगानीका अन्य उपकरणको कारोबार सहज बनाइने उल्लेख गर्दै उहाँले बजारमा रियल सेक्टरलाई यसै वर्षबाट पूँजी बजारमा भित्र्याइने जानकारी दिनुभयो ।

स्वच्छ र पारदर्शीरूपमा बुक बिल्डिङ सुरु हुने

अध्यक्ष हमालले स्वच्छ, पारदर्शी र निष्पक्षरूपमा बुक बिल्डिङको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । यसअघिका कमीकमजोरी नदोहोरिने र बुक बिल्डिङलाई सेफ ल्याण्डिङ गराउने उहाँको भनाइ थियो । प्रविधिको उच्चतम प्रयोग गर्दै धितोपत्र बजारलाई थप मजबुद बनाउन बोर्ड लागि पर्ने उहाँले बताउनुभयो ।

नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक नीरञ्जन फुँयालले पूँजी बजारलाई सययअनुसार थप व्यवस्थित बनाउँदै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पूँजी बजारको विकासले अर्थतन्त्रमा पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने चर्चा गर्दै उत्पादनमा यसलाई जोड्नुपर्ने बताउनुभयो । पूँजीको सही व्यवस्थापन गर्न सक्ने साक्षर लगानीकर्ताको पूँजी बजारमा संलग्नता हुन सके मात्र धितोपत्र बजारको विकास दिगो हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री