शुक्रबार, १६ चैत २०८०

३६ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा

समयपोष्ट २०७९ साउन १९ गते १०:१५

Advertisement

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एनएमबि बैंकको नाफा साढे ३६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोर असारमा २ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो। यो ३६.५३ प्रतिशतको वृद्धि हो।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको डिपोजिट १२.३७ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.४१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब पुगेको छ । १८ अर्ब ३६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ८४ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ १४ पैसा रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ। बैंकले २ अर्ब ३९ करोड रुपैयाँ अवितरित नाफा संचित गरेर राखेको छ। जगेडा कोषमा ६ अर्ब ४४ करोड रुपैयाँ छ। सो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ पनि १.४८ रुपैयाँ बढेर १४८.१४ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री