शुक्रबार, १६ चैत २०८०

सगरमाथा ईन्स्योरेन्सद्धारा बिद्यार्थीहरुका लागि जनचेतनामुलक कार्यक्रमको आयोजना

समयपोष्ट २०७९ साउन १७ गते २२:३१

 

Advertisement

 

सगरमाथा ईन्स्योरेन्स कं.लि.बाट त्रिभुवन विश्व विद्यालय अन्तर्गत शंकरदेव क्याम्पसमा अध्ययनरत ब्यवस्थापन संकाय स्नातक तहका बिद्यार्थीहरुलाई निर्जिवन बीमा सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा,औषधी उपचार बीमा, पशुधन/बाली बीमाको बिषयमा जानकारी दिईयो ।

सो कार्यक्रममा बि.बि.एस. प्रोग्रामका डाईरेक्टर रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकोतर्फबाट सहायक प्रबन्धक शशिधर शर्मा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री