शुक्रबार, ७ वैशाख २०८१

अजोड इन्स्योरेन्सद्धारा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न

समयपोष्ट २०७९ साउन १७ गते २२:१९

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडले बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

गत शनिबारदेखि तीन दिन आयोजना गरिएको उक्त तालिम कार्यक्रममा अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड कोहलपुर शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गर्नु भएको थियो ।

अजोडलेबीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा तालिम सञ्चालन गरेको हो ।

सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुख भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री