बुधबार, १२ वैशाख २०८१

तपाईलाई पर्यो सानिमा लाइफको आईपीओ ?, यसरी हेर्नुहोस् नतिजा

समयपोष्ट २०७८ साउन ३० गते १३:०१

Advertisement

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ ।

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन् ।

सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको छ भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका छन् ।

योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले शेयर वितरण गरिएको हो । त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले पाएनन् । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६० लाख कित्तामध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसले आईपीओ रिजल्ट हेर्नकै लागि बनाएको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

https://sanimalife.com

 https://results.prabhucapital.com

http://meroshare.cdsc.com.np/

 

https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री