शनिबार, ८ वैशाख २०८१

सम्मानजनक हैसियतबिना ओलीसँग एकता राजनीतिक आत्महत्या : नेपाल

समयपोष्ट २०७८ साउन २१ गते १७:४८

Advertisement

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतबिनाको एकता राजनीतिक आत्महत्या हुने बताएका छन् ।

बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भने,‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेपालको भनाइ थियो, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियतबिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

नेता नेपालले आफु सोच विचार गरेर मात्र पार्टी एकता गर्ने पक्षमा रहेको समेत बताए । उनले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरे । ‘हामी सबै साथीहरु एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ । एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्’, नेपालले बैठकमा भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’

एकता कसरी गर्ने भन्नेबारे हाम्रा कार्यदलमा रहेका नेताहरुले होमवर्क गरिरहेको उल्लेख गर्दै नेपालले ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री