आइतबार, ३ असोज २०७८

नेपाल पक्षीय केन्द्रीय समिति बैठक : ७० सदस्य उपस्थित, भीम रावल र प्रेम आले पनि सहभागी

समयपोष्ट २०७८ साउन २१ गते १६:०६

Advertisement

नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठक बुद्धनगरमा जारी छ ।

आजको बैठकमा नेता भीम रावल उपस्थित छन् भने सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने बैठकमा गएनन् ।

कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।

यस्तै यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी छन् । बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेका दावी नेपाल पक्षले गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री