बिहीबार, १३ वैशाख २०८१

सन्राइज बैंकको ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

समयपोष्ट २०७८ साउन २० गते १९:५६

Advertisement

सन्राइज बैंक लिमिटेडले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

त्यसैगरीे बैंकलै सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८० औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.०८, धनसिंहपुरमा ८१ औं गरि थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ ।

बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका श्री एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री