मंगलबार, ६ चैत २०८०

माधव नेपाल बिना नै बस्ने भयो एमाले स्थायी कमिटीको बैठक

समयपोष्ट २०७८ साउन १७ गते ११:२०

Advertisement

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ ।

शनिवार विघटित कार्यदलका दुवै पक्षका सदस्यहरुको आग्रहमा स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको हो । विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने बताएका छन् । आफू निकट कार्यदलका सदस्यहरुसँग नेपालले १० बुँदे सहमति र अर्को वा दोस्रो अध्यक्ष जे भने पनि स्वीकार्य नहुने शनिवार पनि बताएका थिए ।

नेता नेपालले ओली अन्तर्गत बस्न आफू तयार नरहेको कार्यदलका दुवै पक्षका नेताहरुलाई बताएका छन् । त्यसैले एमाले एकता प्रक्रिया पेचिलो बनेको छ । नेपाललाई एमालेमा कुनै स्थान नरहेको भनेर अध्यक्ष ओलीले शनिवार नै बताएपछि वातावरण थप बिग्रिएको नेपाल निकट कार्यदल सदस्यहरुको भनाइ छ ।

आजको स्थायी कमिटी बैठक विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका सांगठनिक विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री