शुक्रबार, ७ वैशाख २०८१

दीर्घकालीन लगानीका उपकरण मागेका छौँ

सूर्या लाइफ इन्स्योरेन्सका सीईओ तथा जीवन बीमक सङ्घका अध्यक्ष शिवनाथ पाण्डेको अन्तर्वार्ता

समयपोष्ट २०७७ भदौ १४ गते ११:४२

Advertisement

कोभिड–१९ र लकडाउनले जीवन बीमा क्षेत्रमा कस्तो असर पार्यो ?

कोरोना विश्व महामारीकै रूपमा देखिएको छ । हरेक देशको आर्थिक क्रियाकलाप घटेको अवस्था छ । यस्तो अवस्थामा नेपाल र यहाँका जीवन बीमा व्यवसाय गर्ने कम्पनी अछुुतो रहनसक्ने अवस्था देखिँदैन । जीवन बीमा क्षेत्रमा कोरोनाको असरका बारेमा कुरा गर्दैगर्दा जीवन बीमा व्यवसाय कसरी गरिन्छ भन्ने मनन गर्नुपर्ने हुन्छ ।

जीवन बीमा अभिकर्ता मार्फत कम्पनीले बीमितसम्म गएर गर्ने व्यवसाय हो । हाम्रा अग्र भागका योद्धा भनेका अभिकर्ता हुन् । यसका लागि मानिससँग प्रत्यक्ष रूपमा भेटेर बीमाबारे जानकारी गराउने, मोटिभेट गर्ने, साथै बीमाप्रति आकर्षित गर्ने गर्नुपर्छ । कोरोनाका कारणले गर्दा त्यस्तो सम्भावना रहेन । लकडाउन करिब तीन महिना रह्यो । सामाजिक दूरी कायम गर्नुपर्ने, आवत जावतमा रोक, यातायातका साधन बन्द हुँदा बीमा व्यवसायमा अलिकति अन्योलको वातावरण नै रह्यो । यो अवस्थामा संस्थालाई कसरी सस्टेन गर्ने, कर्मचारी अभिकर्तालाई कसरी सुरक्षित गराउने भन्नेमै व्यस्त भयौँ । त्यसो हुँदाहुँदै पनि जब असारमा लकडाउन अलि खुकुलो भयो र यातायातका साधन खुले हाम्रो व्यवसाय राम्रो भएको छ  ।

गत वर्षको तुलनामा जीवन बीमा कम्पनीको व्यवसायलाई हेर्ने हो भने टोटल प्रिमियमको ३४ प्रतिशत हाराहारीमा ग्रोथ देखिन्छ । यो पाँच/छ महिनाको समय अरूभन्दा व्यवसाय हुने समय हो । यो समयमा कोभिडका कारणले व्यवसायमा प्रभाव पर्छ भनेर हामीले निराशाजनक आकलन गरेका थियौँ तर प्रिमियमको ३४ प्रतिशत ग्रोथ हेर्दा बीमा व्यवसाय सकारात्मक नै देखिन्छ ।

हाम्रो ओभरअल सूचकाङ्क ज्यादै सकारात्मक र उत्साहवद्र्धक छन् । बजारमा नयाँ–नयाँ प्रडक्ट लिएर त्यसमार्फत् प्रतिस्पर्धा गर्ने नै हो । बजारमा चुनौती छ स्वीकार्नै पर्छ ।

लकडाउनको अवधिमा धेरै कम्पनीले डिजिटलको माध्यमबाट सेवा दिए । यसलाई निरन्तरता दिन सकिन्छ ?

हामी सबै कम्पनीले डिजिटल्ली सेवा दिन सम्भव थिएन । त्यसमा प्रिमियमको नवीकरण लिएर आउने र त्यो अनलाइन मार्फत गर्ने भनेर केही साथीले गर्नुभएको हो । त्यसपछि बीमा समितिले पनि ३ लाख सम्मको अनलाइन बेच्न सकिन्छ भन्ने कुरा ल्यायो तर त्यसरी बेच्ने कुरामा कानुनमा केही समस्या रहेछन् । त्यसलाई संशोधन गरेर, केही निर्देशन सच्याएर भए पनि जानुपर्छ भनेर जोडदार माग गरेका छौं । तीन लाख सम्मको हकमा बीमा समितिले निर्देशन जारी गरिसकेको अवस्था हो । जीवन बीमा कम्पनीले डिजिटल्ली जाने भनेर आफ्नो–आफ्नो प्रविधि अपग्रेड गरिरहेको अवस्था छ । यसलाई निरन्तरता नदिने भन्ने कुरै छैन । यो समयको माग हो । यस्तो विषम परिस्थितिमा सेवा कसरी दिने भन्ने कुरामा यो टड्कारो समस्याका रूपमा देखिएको छ । यसका लागि सबै बीमा व्यवसायीले आफ्नो आईटी सिस्टम अपग्रेड गरिरहेका छन् । यो नयाँ आर्थिक वर्षबाट अनलाइन प्रडक्ट बिक्री गर्ने काम तदारुकता साथ अघि बढ्नेछ ।

कोभिडका कारणले व्यवसायमा प्रभाव पर्छ भनेर हामीले निराशाजनक आकलन गरेका थियौँ तर प्रिमियमको ३४ प्रतिशत ग्रोथ हेर्दा बीमा व्यवसाय सकारात्मक नै देखिन्छ ।

जीवन बीमा कम्पनीले जारी गर्ने प्रडक्ट अवधिका हिसाबले अलि लामो भए भन्ने गुनासा पनि सुनिन्छन् । अबको मार्केटमा कस्तो खालका प्रडक्ट आवश्यक छन् ?

अहिलेसम्म नेपालमा चलेको जीवन बीमा रिटर्न बेस नै हो । यो दीर्घकालीन लगानी नै हो । लगानीसँगै यसले जोखिम पनि बहन गर्छ भन्ने हिसाबले जीवन बीमाका प्रडक्ट बिक्री भइरहेका छन् । मानिसको सोच रिटर्न बेसभन्दा पनि जोखिम बहन हुने खालको न्यूनतम प्रिमियम तिर्ने तर भोलि केही त्यस्तो अप्ठेरो परिस्थिति आए, उसको मृत्युु भए आफू आश्रित परिवारलाई आर्थिक राहतका रूपमा सहयोग गर्छ भन्ने छ । त्यसलाई पक्रने हिसाबले बीमा कम्पनी हिँड्नुुपर्छ । विशेष गरी जोखिम पनि बहन हुने, प्रिमियमको रकम पनि कम हुने प्रडक्ट अहिले मानिसले खोजिरहेका छन् ।

हाम्रो आम्दानी साढे ३ प्रतिशतका दरले घटिरहेको छ । हाम्रो ३ खर्ब जति रकम बैङ्क वित्तीय संस्थामा छ । हामी सबै बीमा कम्पनीले त्यो घाटा बेहोर्नुपर्ने स्थिति देखिन्छ । दीर्घकालीन लगानीका उपकरण हामीलाई दिनुहोस् भनेर हामीले बीमा समिति मार्फत सरकारलाई अनुरोध पनि गरेका हौँ । किनभने हामीले ३० वर्ष सम्मको दायित्व उठाएका हुन्छौँ ।

जीवन बीमा क्षेत्रमा देखिएका नीतिगत समस्या के छन् ?

कोभिडका कारणले गर्दा अहिले संसारभरि नै आर्थिक मन्दी छ । जतासुुकैको अर्थतन्त्रको ग्रोथ नेगेटिभ छ । मानिस एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था छैन । राज्यले आर्थिक राहतका प्याकेज दिइरहेको अवस्था छ । हाम्रो नियामक निकाय भनेको बीमा समिति हो । त्यसले यो क्षेत्रमा लगानी गर भनेर निर्देशिका दिएको छ । हामी त्यहीँ निर्देशिकाको दायराभित्र रहेर लगानी गर्ने हो । हाम्रो ८० देखि ९० प्रतिशत फन्ड बैङ्क वित्तीय संस्थाको रहेको छ । हामीले अघिल्लो वर्षको पुुस माघसम्म पनि बैङ्कले भद्र सहमति गरेर ब्याजदर साढे ९ प्रतिशत कायम गरेका थिए । त्यो साढे नौ प्रतिशतमै हामीले बैङ्क वित्तीय संस्थामा लगानी गरिरहेका थियौँ । कोभिडका कारण असर परिसकेपछि डेढ प्रतिशत घट्यो ।

त्यसपछि फेरि घटाएर ६ प्रतिशतमा छ । यो फेरि घट्ने हो कि भन्ने डर हामीलाई छ । हाम्रो आम्दानी साढे ३ प्रतिशतका दरले घटिरहेको छ । हाम्रो ३ खर्ब जति रकम बैङ्क वित्तीय संस्थामा छ । हामी सबै बीमा कम्पनीले त्यो घाटा बेहोर्नुपर्ने स्थिति देखिन्छ । दीर्घकालीन लगानीका उपकरण हामीलाई दिनुहोस् भनेर हामीले बीमा समिति मार्फत सरकारलाई अनुुरोध पनि गरेका हौँ । किनभने हामीले ३० वर्ष सम्मको दायित्व उठाएका हुन्छौँ । उहाँहरूले बैङ्क मार्फत यति ठूलो फन्ड प्रयोग गर्नुभएको छ तर हामी मार्फत सीधै प्रयोग गर्ने हो भने दीर्घकालीन लगानीका प्रतिफल हुने खालका बन्ड बीमा क्षेत्रका लागि मात्रै भनेर निकाल्न सक्ने अवस्था बने यसले राज्यको विकास गर्न पनि सहयोग गथ्र्यो । बीमा क्षेत्रको एउटा रिटर्नको माध्यम हुन्थ्यो । बैङ्कसँग पनि हाम्रो पैसा राख्ने नराख्ने सम्बन्धमा बार्गेनिङ पावर बढ्थ्यो र समग्र क्षेत्रको प्रतिफलका लागि राम्रै इन्स्ट्रुमेन्ट हुन्थ्यो । त्यसमा हामीले माग गरिरहेका छौं तर राज्यले सुनुवाइ गरेको अवस्था छैन । सायद ढिलो चाँडो सुनुवाइ हुन्छ भन्नेमा म विश्वस्त छु ।

अहिले हाम्रो पाँच/छ महिनाको मात्र लगानी छ । पहिले केही कम्पनीले दस वर्षसम्म पनि पैसा फिक्स्ड डिपोजिटमा राखेको अवस्था हो । यसलाई पुनः लगानी गर्दा हाम्रो ब्याजदर साढे ६ प्रतिशतको रेसियोमा लगानी गर्नुपर्ने हुन्छ । आगामी दिनमा यही ब्याजदर निरन्तर रूपमा कायम रह्यो भने बीमा कम्पनीको नाफामा राम्रै किसिमको असर देखिन्छ ।

सूर्या लाइफको अवस्था कस्तो छ, आगामी योजना के छन्  ?

विगतका वर्षभन्दा अहिलेको हाम्रो अवस्था राम्रो छ । आँकडाको हिसाबमा भन्दा प्रिमियम कलेक्सन गतवर्ष २ सय ५५ करोड थियो । अहिले २ सय ९० करोड भएको छ । यसमा १४ प्रतिशतको ग्रोथ देखिन्छ । लाइफ फन्ड गत वर्ष ५ सय २५ करोड थियो अहिले ७ सय ४३ करोड भएको छ । यो ४१ प्रतिशतको ग्रोथ देखिन्छ । कुल लगानी ६ सय ४७ करोड थियो यो ९ सय ३१ करोड भएको छ । यो ४४ प्रतिशतले ग्रोथ भएको देखिन्छ । नेट प्रोफिट २६ प्रतिशतको ग्रोथ छ । नेट वर्थ ७७ प्रतिशतको ग्रोथ छ । हाम्रो ओभरअल सूचकाङ्क ज्यादै सकारात्मक र उत्साहवद्र्धक छ । बजारमा नयाँ कम्पनी आउँछन् उहाँहरूलाई स्वागत नै छ । त्यसले गर्दा हाम्रो पेनिट्रेसन बढेकै छ ।

संस्थाको रणनीति अनुसार बजारमा दह्रो उपस्थिति जनाउनुपर्छ । सूर्या लाइफले विगतमा भन्दा पनि अझ राम्रो उपस्थिति जनाएकोे छ ।

उहाँहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसमा बजारमा नयाँ–नयाँ प्रडक्ट लिएर त्यसमार्फत् प्रतिस्पर्धा गर्ने नै हो । बजारमा चुनौती छ स्वीकार्नै पर्छ । हाम्रा लगानीका सूचकाङ्क राम्रा छन् । संस्थालाई बजारमा कसरी स्थापित गर्ने भन्ने महत्वपूर्ण पाटो हो । कोभिडका कारणले गर्दा प्रतिस्पर्धाभन्दा पनि यस समय संस्थालाई राम्रोसँग सस्टेन गर्न सकियो भने व्यवसाय भनेको भई नै हाल्छ । सस्टेन हुनुु नै ठूलो कुरा हो । यसमा विशेषगरी कर्मचारीको हकहितको सुरक्षा, सुशासन, व्यवसाय निरन्तरता प्लानका कुरा हुन्छन् । यी सबै कुरालाई यथास्थितिमै मेन्टेन गर्दै अघि बढ्नुपर्छ र संस्थाको रणनीति अनुसार बजारमा दह्रो उपस्थिति जनाउनुपर्छ । सूर्या लाइफले विगतमा भन्दा पनि अझ राम्रो उपस्थिति जनाएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री