शुक्रबार, १६ चैत २०८०

नेशनल लाइफ इन्स्योरेन्सले १७.५ प्रतिशत लाभांश बाँड्ने

समयपोष्ट २०७७ साउन ३२ गते १३:३१

Advertisement

नेशनल लाइफ इन्स्योरेन्सले १७.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड २३ लाख रुपैयाँ नगद र २.५ प्रतिशत अर्थात ७ करोड ७० लाख रुपैयाँ बराबरको बोनस गरी १७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री