शनिबार, ८ वैशाख २०८१

ज्योति लाईफको खुद नाफा बढ्यो

समयपोष्ट २०७७ साउन ३१ गते १३:२१

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरणअनुसार कम्पनीले १२ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको यसै अवधिमा १२ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले एक अर्ब ७८ करोड सात लाख तीन हजार ८७१ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमा शुल्क अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो । कम्पनीले अघिल्लो वर्ष ९८ करोड ७७ लाख १५ हजार ४८७ रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कूल बीमा शुल्क समेतमा बृद्धि भएको छ । समीक्षा अवधीमा कम्पनीेले एक अर्ब ८९ करोड तीन लाख सात हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कूल बीमा शुल्क एक अर्ब दुई करोडमाथि थियो ।

गत असार सम्ममा कम्पनीले जीवन बीमा कोष झण्डै दुई अर्ब अर्थात एक अर्ब ९७ करोड तीन लाख ९४ हजार १०४ रुपैयाँ जम्मा गरेको छ । अघिल्लो आवको तुलनामा यो १७० प्रतिशतले बढि हो । समीक्षा अवधीको अघिल्लो आवमा ज्योति लाईफले ७२ करोड ८८ लाख ३७ हजार १३१ रुपैयाँ थियो । त्यस्तै, कम्पनीले महाविपत्ति कोषमा चार करोड ४३ लाख ९० हजार ७६२ रुपैयाँ र जगेडा कोषमा ३९ करोड ९५ लाख १६ हजार ८५९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीको तीन वटै कोषमा गरी कूल दुई अर्ब ४१ करोड ४३ लाख एक हजार ७२५ रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीले समीक्षा अवधीमा तीन करोड ५३ लाख व्यवस्थापन खर्च गरेको छ । अघिल्लो वर्ष दुई करोड ९६ लाख रुपैयाँ त्यस्तो खर्च गरेको थियो । त्यस्तै कम्पनीको आम्दानी झण्डै दोब्बर भएको छ । अघिल्लो वर्ष लगानी तथा अन्य आय बापत आठ करोड ४६ लाख ५७ हजार ८९० रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष १५ करोड ४५ लाख ३३ हजार ७०३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै बीमालेख धितो बापत ७४ लाख ६९ हजार ९३२ रुपैयाँ आम्दानी गरेको छ ।

गत कम्पनीले ८५ लाख ९ हजार दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम छैन । कम्पनीको प्रतिशेयर आम्दानी ८.१३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८.८३ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्ति २७४.१९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री