बुधबार, १२ वैशाख २०८१

गरिमा विकास बैंकको खुद ब्याज आम्दानी बढ्यो, कति कमायो नाफा ?

समयपोष्ट २०७७ साउन ३१ गते ११:११

Advertisement

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.२७ प्रतिशत कम हो। अघिल्लो आवको चौथो त्रैमासको तुलनामा बैंकको वितरण योग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँ घटेर ३४ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४० करोड रुपैयाँबाट बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८६ करोड ४६ लाख रुपैयाँबाट घटेर ७६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको तुलनामा बैंकको इम्पेरिमेन्ट चार्ज १७ करोड ६ लाख रुपैयाँ बढेको छ भने कर्मचारी खर्च ८ करोड ४७ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ५ करोड ४६ लाख रुपैयाँ बढेको छ।

३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७२ करोड ६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ३५ करोड २७ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ, जगेडा कोष ५१ करोड ७३ लाख र रिटेन्ड अर्निङ्ग ४८ करोड ४७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप २९ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ४२ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने कर्जा २८ अर्ब २१ करोड रुपैयाँबाट बढेर ३४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। चुक्ता पूँजी बढेको र खुद नाफा घटेका कारण बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो आवमा २१ रुपैयाँ ३२ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आवमा घटेर १६ रुपैयाँ ६५ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १३.३९ गुणा कायम भएको छ।

बैंकको निष्क्रिय कर्जा ०.२० प्रतिशतबाट बढेर ०.८७ प्रतिशत पुगेको छ। बैंकको आधारदर ११.०९ प्रतिशतबाट ९.३१ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.८१ प्रतिशतबाट ४.९५ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री