शुक्रबार, १६ चैत २०८०

सननेपाल लाइफको खुद नाफा बढ्यो, खुद बीमाशुल्क एक अर्ब माथि

समयपोष्ट २०७७ साउन ३१ गते ११:०७

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद नाफा बढेको छ । कम्पनीको खुद नाफा १ करोड २१ लाख रुपैयाँले बढेर ११ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले एक अर्ब ७ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २८ करोड ४० लाख रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले ७८ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १० करोड ८५ लाख र बीमालेख धितोबाट १ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीको ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काश गर्ने तयारी गर्दैछ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीको जगेडा कोषमा २४ करोड ६२ लाख, जीवन बीमा कोषमा १ अर्ब २५ करोड ५३ लाख र महाविपत्ती जगेडा कोषमा २ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ४३ हजार २५६ वटा बीमालेख जारी गरी हालसम्ममा २ अर्ब २२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ४६ वटा दाबी बापत ७३ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३ वटा दाबी वापत २ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री