बिहीबार, १३ वैशाख २०८१

यस्तो आयो प्रभु बैंकको वित्तिय विवरण

समयपोष्ट २०७७ साउन ३१ गते १०:०२

Advertisement

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा १ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा बैंकको खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४ करोेड ७७ लाख रुपैयाँ बढेर ४ अर्ब ६४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १७ करोड ८० लाख रुपैयाँ घटेर २ अर्ब ९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ।
अघिल्लो आवको चौथो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ रहेको बैंकको वितरण योग्य मुनाफा गत आवको सोही अवधिमा घटेर १ अर्ब ८ करोड रुपैयाँमा झरेको छ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोष २७ करोड ८४ लाख रुपैयाँ बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ्ग ४१ करोड ५० लाख रुपैयाँ घटेर १ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकको निष्क्रिय कर्जा ३.२६ प्रतिशतबाट घटेर २.८१ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको आधारदर ९.३६ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.७० प्रतिशतबाट ३.५७ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १ पैसा घटेर १३ रुपैयाँ ९३ पैसा कायम भएका छ। बैंकको मूल्य आम्दानी अनुपात १५.८७ गुणा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री