शनिबार, ८ वैशाख २०८१

डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

समयपोष्ट २०७७ साउन ३१ गते ९:३७

Advertisement

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्नेयोजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टरसञ्चालनमा ल्याएको हो ।

यसअघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डेटा सेन्टर उपत्यका बाहिर विस्तार गरिएको हो । अबको निकट भविष्यमै बुटवलमा समेत डेटा सेन्टर स्थापना गर्ने गरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएको छ ।

इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डेटा सेन्टर विस्तारमा जुटेकोबताइएको छ । कम्पनीका अनुसार बिराटनगरमा स्थापना गरिएको डेटा सेन्टरमार्फत पूर्वी क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् ।

उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स रअकामाईको क्यास सर्भर राखिएको छ ।

उक्त डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न एक सय जीबी प्रतिसेकेण्डको ब्याकबोन नेटवर्क जडान गरिएको छ। कम्पनीले हाल बिराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ।

कम्पनीकाअनुसार बिराटनगरको डेटा सेन्टरमार्फत् प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिने छ । ग्राहककोमागअनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा‘पेयरिङ’ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री