मंगलबार, ११ वैशाख २०८१

प्रभु बैंकले कोरोना कोषमा पुन: गर्यो आर्थिक सहयोग

समयपोष्ट २०७७ साउन ३० गते २०:५३

Advertisement

प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।

बैंकले शुक्रबार कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ सहयोग गरेको हो ।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले डा. युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरे ।

यसअघि चैत २० गते पनि बैंकले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री