शुक्रबार, १४ वैशाख २०८१

घनाबस्ती भएका जिल्लाहरुमा संक्रमण बढ्यो, नीजि अस्पतालले अनिवार्य बीस प्रतिसत् बेड छुट्याउनु पर्ने

समयपोष्ट २०७७ साउन ३० गते १७:०४

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको घनाबस्ती भएका जिल्लाहरुमा कोरोना संक्रमण बढ्दै गएको बताएको छ ।

शुक्रबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यका लगायत देशका घनावस्ती भएका जिल्लाहरुमा कोरोना संक्रमितकको उपचारका लागि अस्पतालमा बेड अभाव हुँन थालेको जानकार दिए ।

मन्त्रालयले संक्रमितको उपचारका लागि नीजि अस्पतालहरुले अनिवार्य बीस प्रतिसत् बेड छुट्टाउन आग्रह समेत गरेको छ । मन्त्रालयले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोभिड १९ पोजेटिभ आएपछि सोको व्यवस्थापन हब अस्पतालको संयोजनमा सोही अस्पतालमै गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री