बिहीबार, १३ वैशाख २०८१

विवाहित महिलाको लागि “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” हुँदै , यसरी हुनुहोस् सहभागि

समयपोष्ट २०७७ साउन २९ गते २१:४०

Advertisement

विवाहित महिलाहरुमा केन्द्रीत “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” पहिलो अनलाइन भिडियो ट्यालेन्ट संकरणको आयोजना हुँने भएको छ । सिजन मिडियाद्धारा आयोजना हुँन लागेको “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” नेपालभर रहेका विवाहित महिलाहरुले सहभागिता जनाउन सक्नेछन् ।

सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तका अनुसार गृहणीहरुलाई लकडाउनको समयको सदुपयोग गरी कला मानोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

महिलाहरुको आन्तरिक क्षमता, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि क्षेत्रमा आत्मविश्वास अभिवृद्धि गर्न कला मनोरन्जनलाई ध्यानमा राखेर सक्षम र जिम्मेवार व्यक्तिको रुपमा महिलालाई अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाइ अनलाइनमार्फत विस्तार गरिन लागिएको हो ।

विगत १२ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले यस वर्ष कोरोना महामारीको कारण विगत वर्षहरुमा गर्दै आएको कार्यक्रमहरु स्थगित गरि यस महामारीको अवस्थामा घरमा वस्नुभएको दिदीवैनीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले अनलाइनमार्फत यो नयाँ भिडियो कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा ५ विधामा प्रतियोगीहरुले सहभागीता गर्न पाउनेछन । एक जनाले एक विधामा मात्र सहभागीता जनाउन सक्नेछन । प्रतियोगीले १ मिनेट देखि ३ मिनेट सम्मको भिडियो मोवाइल अथवा अन्य क्यामरावाट खिचेर आयोजकालाई भाइवर नं 9801344835वा इमेल [email protected] मार्फत भाद्र २१ गते सम्म भिडियो पठाउन सक्नेछन ।

एक विधामा २० जना प्रतियोगीहरुले सहभागीता गर्न पाउनेछन भने यो कार्यक्रममा नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुले सहभागीता गर्न पाउनेछन । पहिलो छनोट कार्यक्रम पछि उक्त भिडियोहरु सिजन मिडियाको अफिसियल फेशवुकमार्फत सार्वजनिक गरिने छ भने लाइक सेयर कमेन्ट भोटीङ र निर्णायक मण्डलको मुल्याङकनवाट प्रत्येक विधामा ३ जना विजेता छनौट २०७७ साल आगामी असोज महिनाको द्रोस्रो सातामा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, टिभी, भ्याकुम क्लिनर आदि घरायसी सामानहरु उपहार स्वरुप प्रत्येक विधाका ३ /३ जना विजेतालाई प्रदान गरिने छ । उक्त पुरस्कार लकडाउन खेलेपछि एक कार्यक्रम बीच प्रदान गरिने। विजेताहरुको नि:शुल्क कोरोना विमा पनि गरिने छ । विजेताहरुलाई गिफ्ट भौचरको रुपमा लेटमिइनको तर्फवाट पनि उपहार प्रदान गरिने छ । साथै विजेताहरुलाई विभिन्न समाजसेवामा आवद्ध गराउनुका साथै विज्ञापन, म्यूजिक भिडियो खेल्ने अवसर साथै फोटोसुटको पनि सेवा प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री