शुक्रबार, १६ चैत २०८०

शितगंगाका प्रमुख प्रशासकीय अधिकृतबाट जनप्रतिनिधिहरु नै भए आजित

समयपोष्ट २०७७ साउन २८ गते १९:२५

Advertisement

अशोक खनाल/अर्घाखाँची

पछिल्लो समय अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मनोमानीका कारण स्थानीय जनप्रतिनिधिहरु आजित बन्न थालेका छन् ।

निजामती सेवाका उप सचीव (१० औं ) तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतले संघिय सरकार र प्रदेश सरकारबाट निर्मित कानुनलाई समेत लत्याउँदै आफुखुशी काम गर्न थालेपछि जनप्रतिनिधिहरु आजित बनेका हुन् ।

उनले आफू जिल्ला बाहिर जाँदा नगरप्रमुखलाई समेत नसोधी जाने र आफ्नो अनुपस्थितिमा कसैलाई निमित्त नदिने गरेको एक जनप्रतिनितिले बताए । यहि श्रावण २६ गते राखिएको कार्यपालिकाको बैठकमा समेत उनी उपस्थित भएनन् ।

विकास निर्माणका योजनाहरुको टेन्डर गराइ कामको जिम्मा लिने निर्माण ब्याबसायीहरुलाई कार्यादेश दिन समेत आनाकानी गर्ने गरेको निर्माण व्यवसायीहरुको गुनासो छ । नगरमा प्रमुख प्रशासकीय अधिकृतले आफुले गर्नु पर्ने केही कार्य सम्पादन कारण केही रकम फ्रीज हुन गएको नगर प्रमुखले नै बताउँदै आएका छन् । त्यति मात्र होइन उनले स्थानीय तहको नियम/ऐन अनुसार स्वास्थ्य सेवामा कार्यरत ५ जना कर्मचारी नियुक्त गर्ने कार्यपालिकाको निणय बिपरित आफू खुशी कर्मचारी नियुक्ति समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री