शुक्रबार, ७ वैशाख २०८१

काठमाडौँको साँखुमा आमा छोरी मै देखियो कोरोना

समयपोष्ट २०७७ साउन २८ गते १७:११

Advertisement

काठमाडौँको शङ्खरापुर नगरपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष घनश्याम थापाका अनुसार वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसै शङ्खरापुर– ७ मा बारा जिल्ला घर भएका एक जनामा कोरोना पुष्टि भएको छ । उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री