बुधबार, १२ वैशाख २०८१

भाद्र ४ गतेबाट निश्कासन हुँदै समाज लघुवित्तको ८६ हजार कित्ता साधारण सेयर

समयपोष्ट २०७७ साउन २८ गते ८:४९

Advertisement

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रुपैयाँ बराबरको साधारण सेयर भाद्र ४ गतेबाट जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो । जसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। सोही दिन रिलायन्स लाईफ इन्स्योरेन्सको ६३ लाख कित्ता साधारण सेयर समेत जारी हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री