शुक्रबार, १६ चैत २०८०

बैंक अफ काठमाण्डूको वित्तिय विवरण सार्वजनिक

समयपोष्ट २०७७ साउन २८ गते ८:३१

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार बैंकले १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २२.२१ प्रतिशत कम हो । बैंकले गत आर्थिक बर्षको यसै अवधिमा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात असार मसान्तमा १२.६९ गुणा कायम भएको छ भने प्रतिशेयर खुद सम्पत्ती मूल्य १६७ रुपैयाँ ४४ पैसा कायम भएको छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख रुपैयाँ रहेको छ। बैंकको शेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

बैंकले ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा ६२ करोड ९६ लाख रुपैयाँ घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ भने आधारदर ९.९८ प्रतिशतबाट घटेर ८.७१ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री