शुक्रबार, १४ वैशाख २०८१

रिलायन्स लाइफ इन्स्याेरेन्सले ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

समयपोष्ट २०७७ साउन २८ गते ७:५९

Advertisement

रिलायन्स लाइफ इन्स्याेरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ।

इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

इन्स्योरेन्सले प्रतिशेयर १०० अंकित मूल्यका ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने इन्स्योरेन्सले जनाएको छ।

इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री