बिहीबार, १३ वैशाख २०८१

गोंगबु हत्याकाण्ड : यस्तो रहेछ शरीर टुक्रा टुक्रा पारेर काट्नुको कारण

समयपोष्ट २०७७ साउन २७ गते १७:५६

Advertisement

रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहरा र चितवनकी कल्पना मुडभरी (पौडेल)को चार बर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । उनी कमला पौडेलको नामबाट फेसबुक चलाउँथिन् । त्यतिबेला बोहरा विदेशमा थिए । पछिल्लो तीन बर्षयता काठमाडौँमा उनीहरु दुईजनाको बिचमा भेट भइरहन्थ्यो । कल्पना बसेको ठाउँमा बोहोरको आउजाउ भैरहन्थ्यो । पछिल्लो समय भने बोहोराले कल्पनालाई आफुुअनुुकुुल प्रयोग गर्न ब्ल्याकमेल गर्न थालेका थिए ।

बोहराले ‘कल्पना शाही’ नामबाट फेसबुक आईडी बनाए । सो आईडीबाट अरु केटाहरुलाई फिसिङ गर्न थाले । बोहोराको कर्तुत थाहा पाएपछि कल्पनाले त्यसो नगर्न भनिन् । तर, उनलाई उल्टो ‘नाङ्गो फोटो सार्वजनिक गर्दिने’ धम्की दिन थाले ।

कक्षा १० मा पढ्ने छोरीलाई पनि बोहराले गलत नियतले हेर्न थालेकोमा कल्पना रुष्ट थिइन् ।सोही कारण कल्पनाले बोहोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

हत्या गरेपछि के के गरिन् कल्पनाले

शनिवार साँझ ५ बजे रक्सीको बोत्तल लिएर कृष्णबहादुर कल्पनाको कोठामा जान्छन् । कल्पना र दुई छोरा–छोरी त्यहाँ बस्थे । कल्पनाले मासु पकाउँछिन् । त्यसअघि उनलाई दही र चिउरा खुवाउँछिन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएको कुरा कृष्णबहादुरले थाहा पाउँदैनन् ।

निन्द्रा लाग्ने चक्की (ट्रेड–१० एमजी)को असरले कृष्णबहादुर गल्छन् । त्यसपछि भोड्का र मासु लिन्छन् । कल्पना पनि उनलाई साथ दिन्छिन् । त्यतिन्जेल छोरा–छोरी खाना खाएर आफ्नो कोठमा टिभी हेर्न थाल्छन् ।

नसाको सुरमा लठ्ठ परेर बोहोरा सुतेको मौकामा किला निकाल्ने ह्यामरले कल्पनाले उनको अण्डकोषमा प्रहार गर्छिन् । अण्डकोषमा ह्यामरले हिर्काएपछि सलले घाँटी बाँधेर मरेको यकिन गरेपछि बाथरुममा लगेर कृष्णबहादुरको घाँटी काट्छिन् ।

सुटकेशको साइजअनुसार मिलाउन दुवै खुट्टा काटेर अर्को झोलामा राख्छिन् ।

कृष्णबहादुरको हत्या गरिसक्दा करिब ११ बज्छ । बाहिर झमझम पानी परिरहेको हुन्छ । राती करिब १२ बजेतिर कल्पनाले टाउको र खुट्टा लगेर डेरा नजिकै स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा लगेर छाड्छिन् ।

करिब १ बजेतिर सुटकेशमा प्याक गरिएको कृष्णबहादुरको बडी फाल्नका लागि उनले छोरीलाई छोरीलाई बोलाउँछिन् । नाम्लो लगाएर कल्पना शव बोक्छिन् भने छोरीले छाता ओढाएको प्रहरी अनसनधानबाट खुलेको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री