शनिबार, ८ वैशाख २०८१

डिशहोमको द स्ट्रिंगकोको पहिलो राउण्ड सम्पन्न, टप १० प्रतिस्पर्धी छनौट हुँदै

समयपोष्ट २०७७ साउन २७ गते १६:११

Advertisement

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इगिंलिस सांगीतिक प्रतियोगिता द स्ट्रिंगको पहिलो राउण्ड सम्पन्न भएको छ ।

पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएको कम्पनीले जनाएको छ । तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए ।

अब कम्पनीले छिटै सम्पुर्ण सहभागीहरु मध्यबाट १० जना छनौट गर्ने र प्रतियोगीताको दोस्रो चरणमा प्रवेश गर्ने जनाएको छ ।

सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट हुने छन् ।

निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला रहेका छन् । दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागि प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ ।

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ । यस प्रतियोगीतामा डिशहोमले संचालन गर्ने क्विज,गेम्सहरु मार्फत जोडिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री