शुक्रबार, १६ चैत २०८०

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता

समयपोष्ट २०७७ साउन २७ गते १५:५५

Advertisement

आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने छन् ।

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री