बुधबार, १२ वैशाख २०८१

अजोड इन्स्योरेन्सको नाफा बढ्यो

समयपोष्ट २०७७ साउन २७ गते ११:०८

Advertisement

अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा ५०.६८ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ४ करोड ११ लाख खुद नाफा आर्जन
गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १५ करोड ५१ लाखबाट बढेर २७ करोड ७९ लाख पुगेको छ । कम्पनीको बीमा कोष ३ करोड ५ लाखबाट बढेर ६ करोड १६ लाख पुगेको छ । कम्पनीको जगेडा १ करोड ९३ लाखबाट बढेर ४ करोड ५४ पुगेको छ ।

त्यस्तै कम्पनीले यस अवधिमा ८ करोड ७२ लाखको दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको दाबी भुक्तानी १ करोड ३१ लाख रहेको थियो । कम्पनीले ९१ हजार २ सय २७ पोलिसी बिक्री गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री