बिहीबार, १५ चैत २०८०

३ लाख २० हजारले पाए एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर

समयपोष्ट २०७७ साउन २७ गते १०:५४

Advertisement

एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण सेयर बाँडफाँट गरेको छ । कम्पनीको १०/१० कित्ता सेयर ३ लाख २० हजार आवेदकले प्राप्त गरेका छन् ।

कम्पनीले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ३१ लाख ६० हजार १ सय ८३ कित्ता सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याइएको थियो । तर संस्थाका कर्मचारीहरुले सो शेयरका लागि उल्लेख्य आवेदन नदिएपछि त्यो शेयर समेत सर्वसाधारणलाई नै बाँडिएको हो । त्यसो हुँदा कुल ३२ लाख ६ हजार १ सय ४० कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार कम्तिमा १० कित्ता शेयर बाँडफाँट गर्नुपर्ने भएपछि यो शेयर ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै उक्त शेयर पाएका छन् ।

उक्त शेयरका लागि ४ लाख २८ हजारले आवेदन दिएकोमा ४ लाख १७ हजार ९ सय जनाको आवेदन स्वीकृत गरिएको थियो । यसो हुँदा करिब ९७ हजार आवेदक शेयर पाउनबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री