मंगलबार, ११ वैशाख २०८१

सिद्धार्थ बैंकको खुद नाफा घट्यो

समयपोष्ट २०७७ साउन २६ गते ११:३४

Advertisement

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको यसै अविधिमा बैंकले २ अर्व २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

गत आवको चौथो त्रैमाससम्ममा बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले ५ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। जसबाट बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २८ करोड ३७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा २३ रुपैयाँ ७ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षमा घटेर २१ रुपैयाँ ३८ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.८४ गुणा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री