मंगलबार, ११ वैशाख २०८१

यस्तो आयो एभरेष्ट इन्स्योरेन्सको चौथो त्रैमासको वित्तिय विवरण

समयपोष्ट २०७७ साउन २६ गते ११:०२

Advertisement

एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चौथो त्रैमास सम्ममा ४० करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३८ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। एक वर्ष अवधिमा इन्स्योरेन्सको बीमाशुल्क करिब २ करोड रुपैयाँले बढेको हो।

यसैगरी कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ गुणाले बढेको छ । कम्पनीले १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले पुर्नबीमा कमिशनबाट ११ करोड ६० लाख र लगानी कर्जा तथा अन्यबाट ७ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा २७ करोड ४५ लाख रुपैयाँ छ । कम्पनीको बीमा कोषमा ३२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैंया ६२ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३ गुणा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री