बिहीबार, १३ वैशाख २०८१

भारतले भन्यो : बुद्ध नेपाल मै जन्मेका हुन्

समयपोष्ट २०७७ साउन २५ गते १९:०८

Advertisement

भारतीय विदेश मन्त्रालयले गौतम बुद्धको नेपालको लुम्बिनीमा जन्म भएकोमा कुनै शंका नभएको प्रष्ट पारेको छ ।

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक वक्तब्य मार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको स्पष्ट पारेका हुन् ।

यस अघि भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान भारतीय भएको अभिव्यक्ति दिएका थिए । आईतबार सोही बिषयमा मिडिया प्रश्नको जवाफ दिंदैं प्रवक्ता श्रीवास्तवले भने ‘गौतम बुद्धको नेपालको लुम्बिनीमा जन्म भएकोमा कुनै शंका छैन।’ जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको समेत उनले प्रष्टाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री