शुक्रबार, १४ वैशाख २०८१

गुल्मीको फुलबारीमा सन्राइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

समयपोष्ट २०७७ साउन २५ गते १८:२८

Advertisement

सन्राइज बैंक लिमिटेडले गुल्मीस्थित मालिका गाउँपालिका–६, फुलबारीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

शाखाको शुक्रबार एक कार्यक्रमकाबीच मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिको उपस्थितिमा समुद्धघाटन गरियो ।

कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभाअध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरियो ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।

हालसम्म बैंकले १३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री