शुक्रबार, ७ वैशाख २०८१

प्रस्तोता सुवेदीले नायिका शर्मालाई दाह्रा निस्केको अनुहार भनेपछि…

समयपोष्ट २०७७ साउन २५ गते १८:१२

Advertisement

रजतपटका प्रस्तोता प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् ।

सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

पूजाको शारीरिक एवं बौद्धिकतामाथि टिप्पणी गर्दै पत्रकार प्रकाशले भनेका थिए, ‘अन्तरवार्ता दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई अनि हामीले चाहिँ लिएको अन्तरवार्ता एडिट गरिदिनु पर्ने, त्यो पनि मिलाई मिलाई ।’

पूजालाई लक्षित गर्दै उनले भने, ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्केको अनुहारलाई ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री