बिहीबार, १५ चैत २०८०

प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १३.७८ प्रतिशतले बढ्यो

समयपोष्ट २०७७ साउन २५ गते १७:४३

Advertisement

प्राइम लाइफ इन्स्योरेन्स चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १३.७८ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

कम्पनीले गत आर्थिक वर्षमा २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीले बीमालेख धितोबापत १ अर्ब १९ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत कम्पनीले १० करोड ७८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। सो अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ९१ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८८ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री