शनिबार, ८ वैशाख २०८१

क्लासिक टेकमा रोजगारीको अवसर, एकसाथ १६६ कर्मचारी माग

समयपोष्ट २०७७ साउन २४ गते १९:३५

Advertisement

नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले एकसाथ १६६ जना कर्मचारी माग गरेको छ ।

जसमध्ये काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ । त्यसको लागि स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै कम्पनीले सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०-५०-५० जना कर्मचारी माग गरेको छ । काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो । यसमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने छ ।

जसमध्ये सेल्स एसोसिएटको लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्नेछन् ।
त्यसैगरी एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने उल्लेख गरिएको छ। फ्रन्ट डेस्क एसोसियट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने छ ।

यस अलावा कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ ।काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो । यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री