शुक्रबार, १६ चैत २०८०

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिनुभयो ?

समयपोष्ट २०७७ साउन २३ गते ११:५०

Advertisement

प्रभु बैंक लिमिटेडको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले साउन १९ गतेबाट वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गरेको हो । निष्काशन गरिएकाे कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

८ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा साउन २३ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री