शुक्रबार, १४ वैशाख २०८१

‘ये रिश्ता हे प्यार के का अभिनेता समिर शर्माले गरे आत्महत्या

समयपोष्ट २०७७ साउन २३ गते १०:५९

Advertisement

भारतीय टेलिश्रृङ्खाला ‘ये रिश्ता हे प्यार के का अभिनेता समिर शर्माले आत्महत्या गरेका छन् । बुधबार राती उनको शव मलाडस्थित आफ्नै अपार्टमेण्टमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले शव देखे र वरिपरिका मानिसलाई जानकारी दिए ।

शवको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।घटनास्थलबाट कुनै सुसाइड नोट भने भेटिएको छैन ।

४४ बर्षिय यी अभिनेताले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री