बिहीबार, १५ चैत २०८०

मुगुको गमगढीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७७ साउन २२ गते १६:२८

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले मुगुको छाँयानाथ गाउँपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिहीबार बैंकले नयाँ शाखाको शुरुवात गरेसंगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जाल सहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री