बिहीबार, १३ वैशाख २०८१

पुन: दुई साता लकडाउन

समयपोष्ट २०७७ साउन २० गते १५:०९

Advertisement

कोरोना संक्रमण नियन्त्रण गर्न विज्ञहरुले पुन: दुई साता लक डाउन गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेता ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए ।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले पाएको भन्दै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको ठाकुरको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री