शुक्रबार, १६ चैत २०८०

अभिनेत्री निरुता सिंहले भुवनलाई महानायक भनेपछि….

समयपोष्ट २०७७ साउन १९ गते १३:२४

Advertisement

केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा नायिका निरुता सिंहले यस्तो स्टेटस लेखिन्:

मलाई आज पनि सम्झना आउछ दार्जीलिंग मा छदा को त्यो बेलाको …. जुन बेला हामी साथी भाई हरू बसेर सिनेमा को नायक अनि नायिका को बारेमा कुरा गर्ने गर्थ्यो …. हिन्दी चलचित्र हेर्न त्यती पायिन्दैन थियो तर नेपाली चलचित्र आयो भने बाबा आमा ले आफै लिएर जानु हुँथ्यो …. अनि दार्जीलिंग मा हामिले नेपाली चलचित्र को नायक अनि नायिका भनेर चिनेको जानेको नै हाम्रो श्रधेह दाईं भुवन के.सी. अनि श्रधेह तृप्ति नाडकर दिदी हो…. हामी सबै भुवन दाईं अनि तृप्ति दिदी को फ़ैन थीयौ …. त्यो बेला मैले सपना मा पनि सोचेको थियिन कि मेरो पहिलो चलचित्रमा नै मेरो सपनाको महानायक संग काम गर्ने मौका पाउछु भनेर …. तेति मात्रै नभएर म नया कलाकारलाई जुन तरिकाले सहयोग गर्नु भयो त्यो देखेर त म झनै उहाको फ़ैन भए…. यसको लागी म आफैलाई नै भाग्यमानि ठानछु….. भुवन दाई हजुरले गर्नु भएको हर सहयोग अनि मायाको लागी मुरि मुरि धन्यवाद …. हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिन सम्म भुल्ने छैन …. हजुर मेरो लागि रियल हिरो हो ….

यो स्टेटस लेखेपछि नायिका सिंहको निकै आलोचना भयो । राजेश हमालको सट्टा भुवन केसीलाई सिंहले महानायकको दर्जा दिईन् भन्ने अर्थमा उनको आलोचना भयो । भुवनलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको पक्ष लिएको भन्दै सामाजिक संजालमा उनको अझै विरोध भइरहेको छ ।

अब निरुताले राजेश हमाललाई नै आफूले पनि ‘महानायक’ मान्ने बताएकी छिन् । उनले आफूले अभिनेता भुवन केसीलाई कहिल्यै महानायकको उपाधि नदिएको र पक्ष पनि नलिएको बताएकी छन् ।

मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा – न:१- मैले कहा र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन…

Posted by Neeruta Singh on Sunday, 2 August 2020

प्रतिक्रिया

सम्बन्धित सामाग्री