शनिबार, ८ वैशाख २०८१

कोरोनाको डरले बृद्ध दम्पत्तिले गरे आत्महत्या

समयपोष्ट २०७७ साउन १९ गते ९:०४

Advertisement

कोरोनाभाइरस संक्रमणको डरले एक बृद्ध दम्पत्तिले आत्महत्या गरेका छन् । उनीहरुको स्वास्थ दश दिन देखि खराब भएको थियो । कोरोना हुनसक्ने डरले उनीहरुले शुक्रबार राती आफ्नै निवासमा विष पिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना भारतको हैदरवादको हो ।

६३ बर्षिय वाईवी नायडु र ६० बर्षिय वाईवी लक्ष्मी आफ्ना दुई सन्तानकासाथ बस्दै आएका थिए । उनीहरुलाई दश दिनदेखि जरो आएको थियो । पुंजगुट्‌टा पुलिसले घरबाट सुसाइड नोट समेत बरामद गरेको छ । सुसाईड नोटमा उनीहरुले आफुलाई कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने आशंका गरेको र परिवारलाई जोगाउन आफुहरुले यस्ता कदम उठाएको उल्लेख गरिएको छ । पुलिसका अनुसार उनीहरुको शवको कोरोना जाँच गर्ने तयारी गरिएको छ ।
स्रोत : दैनिकभाष्कर

प्रतिक्रिया

सम्बन्धित सामाग्री