बुधबार, १२ वैशाख २०८१

सुजुकीको हाइब्रिड कार ,यस्ता छन् मुल्य र विशेषता

समयपोष्ट २०७६ भदौ १३ गते ८:५३

Advertisement

नाडा अटो शोमा सुजुकी गाडीको अधिकृत विक्रेता सिजी मोटोकर्पले सुजुकी सियाज, एस-क्रस र एर्टिगा लगायत हाइब्रिड कार सार्वजनिक गरेको छ।

१.५ लिटर के १५ पेट्रोल इन्जिनयुक्त सियाजमा एक सय ३० हर्षपावर र एक सय ३८ न्युटन मिटर टर्क पावर क्षमता रहेको छ।कम्पनीका अनुसार गाडीमा एयरब्याग, एविएस, स्पीड अलर्ट, हिल असिस्ट, किलेस एन्ट्री लगायतका सुविधा समावेश गरिएको छ। यसको शुरुवाती मुल्य ३८ लाख २९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

यसैगरी एसयूभी मोडलमा रहेको एस-क्रसमा १.३ लिटर डिजल इन्जिन जडान गरिएको छ। यो गाडीमा अधिकतम आठ ८९ बिएचपी(ब्रेकिङ हर्सपावर) र दुई सय न्युटन मिटर (एनएम) क्षमता रहेको कम्पनीले जनाएको छ। गाडीमा एयरब्याग, एविएस, स्पीड अलर्ट, हिल असिस्ट क्लाइमेट कन्ट्रोल लगायतको सुविधा समावेश गरिएको छ। यसको शुरुवाती मुल्य ४२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

त्यस्तै हाइब्रिड ह्याचब्याक एसयुभी ‘एर्टिगा’को शुरुवाती मुल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । डिडिआइएस २००(डिजल डाइरेक्ट इन्जेक्सन सिस्टम) स्मार्ट इन्जिन युक्त उक्त गाडीमा ८९ हर्षपावर र दुई सय न्युटनमिटरको क्षमता रहेको कम्पनीले जनाएको छ। सात सीट क्षमता भएको यो गाडी एस-क्रससँग मिल्दो रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री