शनिबार, ८ वैशाख २०८१

आजबाट निगमले थाल्यो ओशाका उडान

समयपोष्ट २०७६ भदौ १२ गते १२:०१

नेपाल वायुसेवा निगमले आजबाट जापान उडान सुरु गरेको छ।

Advertisement

पर्यटनमन्त्री योगेश भट्टराईले जापान उडानको औपचारिक उद्घाटन गरे । एक दशकपछि निगमको विमानले विहान साढे दुई बजे १ सय ५१ जना यात्रुसहित ओशाका उडान गरेको हो ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, निगमका बोर्ड संचालक, व्यवसायी, पर्यटनमन्त्रालयका सहसचिव उडेको पहिलो फ्लाइट ओशाकामा अवतरण भइसकेको जनाइएको छ । यही जहाज शुक्रबार ८० जना यात्रु लिएर काठमाडौं उडान गर्नेछ।

बुढासहितको टोली शनिबार स्वदेश फर्किनेछ। निगमले एयरवस-३३० जहाजबाट सातामा दुई उडान गर्नेछ। निगमले इकोनोमी क्लास अन्तर्गत काठमाडौं-ओशाका भाडादर ४१ हजार रुपैयाँ राखेको छ भने दुईतर्फी भाडादर ७७ हजार रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री