शुक्रबार, १६ चैत २०८०

कम्पनीले बाटो निर्धारण गर्न पाँच वर्ष लाग्छ

समयपोष्ट २०७६ भदौ ११ गते १०:५९

Advertisement

अस्वस्थ प्रतिस्पर्धा

बीमा बजार आफैँमा राज्य नियन्त्रित, राज्यले प्रत्यक्ष रूपमा निगरानीमा राखेर सञ्चालन, सुचारु हुने व्यवसाय हो । बजारलाई पारदर्शी राख्ने, प्रतिस्पर्धी बनाउने, सुुशासन कायम राख्ने नियमनकारी निकायको मुख्य लक्ष्य हुन्छ । हाम्रो मुलुकमा अहिलेसम्म बीमाको वितरण प्रणाली, व्यवस्थापन प्रणालीमा भएका कुरा डिमान्डबाट भन्दा पनि ‘सर्भिस डेलिभरी’को ‘प्रस्पेक्टिभ्स’बाट विकास गरिएका छन् । आममानिसको मागबमोजिम बीमाको वृद्धि, वितरण हुने स्थिति भएको भए अस्वस्थ प्रतिस्पर्धा भयो भन्नै पर्ने थिएन । बीमाको वितरण प्रणाली नै ‘सर्भिस’ दिन्छु भनेर ‘कन्भिन्स’ गर्नुपर्ने भएको हुँदा बजारमा धेरै मानिस जान्छन् । व्यक्तिगत सम्बन्धको आधारमा बीमाको वितरण हुने, सेवा प्रवाह गर्ने भएको कारणले अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धाको स्थिति देखिएको भन्न सकिन्छ । बीमाको व्यवस्थापनमा बसेका जो–जो व्यक्तित्व छन्, उनीहरूको अस्वस्थ किसिमबाट र भोलिका दिनमा असर पर्ने किसिमले कसैले पनि व्यवसाय गरेका छैनन् र गर्नु पनि हुँदैन ।

 

हामी अहिले स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने चरणमा छौँ । सुशासन कायमा राख्ने र बजारको प्रतिस्पर्धा सन्तुलनमा ल्याउने काम बीमा समितिको हो ।

आर्थिक क्रियाकलापसँग सम्बन्धित क्रियाकलाप भएको हुनाले यो विश्वसनीयतासँग सम्बन्धित हुन्छ । त्यसकारण भोलिका दिनमा कुनै पनि कम्पनीलाई प्रत्यक्ष रूपमा असर गर्ने, ‘मिस लिडिङ’ गर्ने हिसाबले कसैले पनि क्रियाकलाप गरेको छ जस्तो लाग्दैन । बजारमा एकले अर्कालाई भन्दा प्रतिस्पर्धाका क्रममा एउटा कम्पनीको प्रतिनिधित्व गर्ने अर्को व्यक्तिजस्तो अभिकर्ताको कुरा हुन सक्छ, कर्मचारीको कुरा हुन सक्छ, बीमाको वास्तविक स्थितिलाई ‘रिअलाइज’ नगरिसकेका मानिसले कुरा गर्दा के भनेर गर्छन्, त्यसलाई नै अस्वस्थ प्रतिस्पर्धा भनेको हो भने त्यो बीमाको बुुझाईमा स्पष्टता नआउन्जेलसम्म स्वाभाविक हो । बीमा व्यवसाय प्राप्त गर्ने उद्देश्यले षड्यन्त्रमूलक किसिमबाट कुनै क्रियाकलाप भएका छन् र त्यो क्रियाकलापमार्फत बीमा गराइएको छ भने अथवा अन्य कम्पनीको तुलनामा हामी यी कुरामा भनेर नकारात्मक, ‘मिस लिडिङ’ गर्ने गरी हामी अगाडि गएका छौँ भनेर गएको छ भने त्यसलाई अस्वस्थ प्रतिस्पर्धा भन्नुपर्छ । हामी अहिले स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने चरणमा छौँ । सुशासन कायमा राख्ने र बजारको प्रतिस्पर्धा सन्तुलनमा ल्याउने काम बीमा समितिको हो ।

लगानीका क्षेत्र

जीवन बीमा कम्पनीका दुुईवटा मुख्य ‘कम्पोनेन्ट’मध्ये एउटा लगानी हो । फन्डको ‘म्यानेजमेन्ट’को पाटो र अर्को बीमा व्यवस्थापन हो । हामीकहाँ लागनीका क्षेत्र बीमा समितिले तोकिदिनुपर्ने स्पष्ट व्यवस्था छ । बीमा कम्पनीहरूले बीमाको माध्यमबाट प्राप्त गर्ने बीमा शुल्क हुन्छ, त्यसबाट ‘जेनेरेट’ भएको ‘फन्ड’लाई व्यवस्थित किसिमबाट सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्छ । सुरक्षित गराउन सकेन भने बीमा गराउने मानिसहरूले केही पनि पाउन सक्दैनन्, नियमनकारी निकायले यी क्षेत्रलाई नियन्त्रण गरिदिएन भने यी क्षेत्र जुनसुकै बेलामा पनि टाट पल्टिन सक्छन् । त्यस्तो अवस्थामा बीमा गराउने मानिसलाई अन्याय हुन जान्छ । बीमा गराउने मानिसले दाबी भुक्तानी पाउँदैन । दाबी भुक्तानी नपाउनेबित्तिक्कै बीमाको विश्वसनीयता घट्छ भनेर बीमालाई विश्वसनीय बनाउनका लागि पनि नगरी नहुने काम हो । हाम्रो कानुनी व्यवस्थामा पनि त्यो स्पष्ट रूपमा उल्लेख गरिएको छ । यसअघि पनि बीमा समितिले लगानीका क्षेत्र निर्धारण गर्दै आएको छ ।

बीमा समितिले दायरा फराकिलो बनाउँदा सम्पूर्ण ‘फन्ड’लाई लक्षित नगरी प्राविधिक ‘रिजर्भ’लाई मात्र आधार बनाएको कारणले गर्दा प्राविधिक रिजर्भको आधारमा प्रतिशत गणना गर्नुपर्ने विधि समितिले अवलम्बन गरेको कारणले गर्दा ठूलो दायरा विकास हुन्छ भन्न पनि सकिँदैन ।

अघिल्लो वर्ष बीमा समितिले पहिले भइरहेको लगानीका त्यस्ता क्षेत्रहरूमा लगानी गर्न पाउने प्रतिशत तोकिदिएको छ । त्यसअघि इन्फास्ट्रक्चर डिभलपमेन्ट बैंक पनि थिएन । अब इनफास्ट्रक्चर डेभलपमेन्ट बैंकमा राख्न पाउने कुरा आयो । ऋणपत्रका कुरालाई वित्तीय क्षेत्रमा प्राथमिकताका साथ हेरिएको छ । बीमा समितिले एक कदम अघि बढेर ऋणपत्रमा लगानी गर्न पाउने सुनिश्चितता गरिदिएको छ । बीमा समितिले ‘क्यापिटल मार्केट’मा यो/यो सर्तमा लगानी गर्न सकिन्छ भनेर दायरा अभिवृद्धि गरिदिएको छ । केही हदसम्म ‘रियल स्टेट मार्केट’मा पनि खरिद बिक्री गर्न सक्ने भनेर व्यवस्था गरिदिएको छ । यी कुराले दायरा ओपन गरिदिएको छ । कुन कुरालाई प्राथमिकता दिने, फन्डको व्यवस्थापन कसरी गर्ने भन्ने व्यवस्थापनमा बस्नेको मुख्य काम हो । हिजो पनि त्यसमा ध्यानपूर्वक काम हुन्थ्यो भने भोलिका दिनमा पनि गर्नुपर्ने हुन्छ तर दायरा अलि फराकिलो बनाएको स्थिति छ । बीमा समितिले दायरा फराकिलो बनाउँदा सम्पूर्ण ‘फन्ड’लाई लक्षित नगरी प्राविधिक ‘रिजर्भ’लाई मात्र आधार बनाएको कारणले गर्दा प्राविधिक रिजर्भको आधारमा प्रतिशत गणना गर्नुपर्ने विधि समितिले अवलम्बन गरेको कारणले गर्दा अघि मैले भने जस्तो ठूलो दायरा विकास हुन्छ भन्न पनि सकिँदैन । जुन कम्पनीहरूको प्राविधिक ‘रिजर्भ’ थोरै हुन्छ उनीहरूको हकमा दायरा संकुचित भएको छ । यसलाई समितिले सम्बोधन गर्दै जाला ।

मर्जर

संख्या कति हुनुपर्ने भन्ने बहसको विषय छ । धेरै कम्पनी हुँदा धेरै सेवा र थोरै कम्पनी हुँदा थोरै सेवा प्रवाह हुने भन्दा पनि अहिले नेपालको बीमा बजारमा भएका कम्पनीहरूले कति जनसंख्यालाई सेवा दिन्छन् भनेर हेर्न सकिन्छ । यो नितान्त बीमा समितिले निर्धारण गर्ने कुुरा हो । बीमा समिति नेपालका सबै बीमा कम्पनीलार्ई मर्ज गरेर एउटै कम्पनी बनाउन सक्षम छ । साथै भइरहेका कम्पनीलाई यथावत् राखेर नयाँ कम्पनीहरूलाई लाइसेन्स दिन पनि बीमा समिति सक्षम छ । ७३÷७४ सालमा जति पनि कम्पनीहरू लाइसेन्सिङ भए ती नेपालमा आवश्यक छन् भनेर नै लाइसेन्स पाएका होलान् । लाइसेन्सिङ भइसकेपछि संख्या बढी भयो भनेर आयो यो ‘प्रोसेस क्रन्च’ हरेक ठाउँमा हुुन्छ । जस्तो बैंकिङमा आएको कुुरा बीमा क्षेत्रले पनि सिक्नुुपर्ने हुुन्छ । व्यवसायको आधार, प्रकृति, सम्बन्धको कारणले गर्दा जीवन बीमा कम्पनीहरू हतारमा मर्जमा जानुपर्छ भन्ने छैन । फेरि बीमा कम्पनीहरूको पनि कोटि छुट्टाउनुपर्ने हुन्छ । एउटा ए भन्ने व्यक्तिले तीन चारवटा कम्पनीमा स्टेक राखेको छ भने कन्ट्रोल पनि उसैले गरेको हुन्छ । ‘कन्ट्रोलिङ अथोरिटी’ एउटा व्यक्तिमा छ भने त्यसलाई स्टिमलाइन गर्नुपर्यो । त्यो मर्जरभन्दा पनि एकीकरण हो । ओनरको हिसाबमा उनीहरूले धेरै कम्पनी सञ्चालन गर्न पाउँदैनन् भनेर नियामक निकायले भन्नुपर्यो । नभन्दा म्यानुुपुलेसन बढी हुन्छ । भोलि सीमित मानिसले बजार कन्ट्रोल ग¥यो भनेर विश्वसनीयता पनि नहोला । ती कुरामा ‘क्रस होल्डिङ’ भएकोमा बीमा समिति मर्ज गर्न हिजो पनि सक्षम थियो, आज पनि सक्षम छ भोलि पनि हुने छ । नियामक निकायले तोकेको मापदण्ड पूरा नगर्नेहरूको लाइसेन्ससमेत खारेज गरिदिन सक्छ । त्यो अधिकार नियमनकारी निकायमा छ भने उसले मर्जर, ‘एक्विजिसन’मा लगिदिन सक्छ, त्यो अर्को पाटो हो । अनुुपालन पूरा नगर्नेहरूलाई निवेदन दिन्न, मर्जरमा जाउ, यसरी व्यवस्थापन गर भन्न सक्छ । आज अनुुपालन पूरा नगरेको कारणले गर्दा मर्जरमा जाउ भनेको होइन । अनुुपालन पूरा गरेर मात्र व्यवसाय गर्नुपर्छ भनेको हो । यदि त्यसको लागि समस्या भयो भने मर्जरको प्रक्रियाबाट पनि तिमी अगाडि बढ्न सक्छौँ भनेको हो । त्यसको सट्टामा उसले लाइसेन्स खारेज गरिदिन पनि सक्थ्यो ।

नौवटा भएका ठाउँमा भखैरै १० वटा लाइसेन्स गर्नुभएको छ । ती १० वटा बढी भए भनेर आज मर्जमा जाउ भनेर भन्न मिल्दैन । सबै कुरा पूरा गरेर बजारमा गएको छ भने त्यो कम्पनी स्थापना हुन कम्तीमा पनि पाँच वर्ष लाग्छ । त्यसपछि त्यो कम्पनीले एउटा बाटो निर्धारण गर्छ ।

व्यवसायको प्रकृतिको आधारमा मर्जर आवश्यक छ कि छैन भनेर बहस हुनुपर्छ । जीवन बीमा र निर्जीवन बीमा यी दुुई फरक प्रकृतिका व्यवसाय हुन् । पुनर्बीमाको हकमा एउटा मात्र कम्पनी भएको हुँदा मर्जरको कुरा गर्नुपरेन । केही वर्षदेखि जीवन बीमा कम्पनीमा एक खालको तरंग आएको छ । आजको दिनमा २० वटा जीवन बीमा कम्पनी छन् । ४० अर्ब त ‘रेगुलेटरी रिक्वायर्ड क्यापिटल’ नै हो । सबै कम्पनीको एउटा संरचना छ । सबैको व्यावसायिक स्थिति आफ्नो ठाउँमा सन्तोषजन पनि होला । अर्को हिजो भएका कम्पनीभन्दा धेरै कम्पनी भर्खरै स्थापना भएका छन् । हिजोको स्थितिमा नौवटा जीवन बीमा कम्पनी थिए । पछि १० वटा स्थापना भए । नौवटा भएका ठाउँमा भखैरै १० वटा लाइसेन्स गर्नुभएको छ । ती १० वटा बढी भए भनेर आज मर्जमा जाउ भनेर भन्न मिल्दैन । सबै कुरा पूरा गरेर बजारमा गएको छ भने त्यो कम्पनी स्थापना हुन कम्तीमा पनि पाँच वर्ष लाग्छ । त्यसपछि त्यो कम्पनीले एउटा बाटो निर्धारण गर्छ । कामै गर्न नदिई कम्पनीहरूलाई तिमी मर्जरमा जाउँ भन्नुु न्यायसंगत होइन । मर्जरमा जाँदा साइज त ठूलो होला तर व्यवसायको आधार के होला ।

गत आर्थिक वर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सले ६० करोडको व्यवसाय ग¥यो । छुट्टै प्लान छ र छुट्टै किसिमबाट अगाडि गएको छ । हामीले दुुईवटा कम्पनी ल्यायौँ भने एक–एक दुुई बनाउन त मर्जर गर्न आवश्यक छैन तर एघार हुन्छ भने मर्जर गर्न आवश्यक छ । त्यो हामीले विभिन्न पाटोबाट पुँजी, रिटर्न, बजारको ‘स्ट्रेन्थ’को ‘प्रस्पेक्टिभ’बाट हेर्नुप¥यो । लगानीकर्ताहरूले रिटर्न पाउँछु भनेर न लगानी गरेको हो । दुुई अर्ब पुँजी भएको कम्पनीले कति व्यवसाय गर्नुपर्छ, कति रिटर्न गर्नुपर्छ, त्यो एउटा आधार होला । ‘कम्प्लाइनस’को कुरा पूरा नगर्नेको हकमा, ‘क्रस होल्डिङ’ भएको स्थितिमा मेरो ‘रिजर्भेसन’ छैन तर समग्रमा हिजो भएका कम्पनीभन्दा धेरै कम्पनी स्थापना भएको कारणले गर्दा मर्जरमा लैजाने निणर्य भइहाले नयाँ नयाँसँग र पुरानो पुुरानोसँग मर्जरमा जानुपर्ने हुन्छ । नयाँ र पुरानाका कुरा नमिल्ला । धेरै अप्ठ्यारा छन् । निर्जीवन बीमामा इन्डस्ट्रीको इन्भेस्टमेन्ट रिटर्न, बीमाको साइज, जति प्लेयरहरू छन्, त्यो आधारमा हेर्न पनि सकिन्छ । त्यहाँ पनि लाइसेन्सिङ गरेका, पहिले भएका कम्पनीहरू छुट्टाछुट्टै छन् । मुख्यगरी ‘क्रस होल्डिङ’को स्थितिमा गरिने कुरा ‘कम्प्लाइन्स’को स्थितिमा गरिने कुराभन्दा एक स्टेप अगाडि बढेर मर्जरको कुरा गर्दा सिनर्जिक ‘आउटकम’ हुन्छ कि हुँदैन, त्यसलाई हेर्नुपर्ने हुन्छ । मर्जरको अभ्यास हामीले लामो समयदेखि गरेका छौँ । मर्जरको स्थितिबाट बैंकिङ सेक्टर कहाँ पुुगेको छ त्यसको सकारात्मक र नकारात्मक पाटो हेर्नुपर्ने हुन्छ । त्यो बीमा समितिले हेरेर गर्ला ।

सन नेपाल लाइफको अवस्था

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो जेनेरेसनमा स्थापना भएका कम्पनीहरूसँगै स्थापना भएको हो । २०७४ साल साउनदेखि यस कम्पनीले इजाजत पायो । त्यसपछि आसोजदेखि यस कम्पनीले व्यवसाय प्रारम्भ गरेको हो । हालसम्म दुुई आर्थिक वर्षसम्म व्यवसाय सम्पन्न गरिसकेको छ । यस कम्पनीको पुुँजी नियमनकारी निकायले निर्दिष्ट गरेबमोजिम राख्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यस कम्पनी भर्खरै नियमनकारी पुँजी कायम गरेर स्थापना भएको हो । ‘आईपीओ’मा जाँदा यस कम्पनीको चुक्ता पुँजी दुई अर्ब हुने अवस्था हो । अहिलेसम्म हामी ‘आईपीओ’मा जान सकिरहेको अवस्था छैन । त्यस अर्थमा ७० प्रतिशत प्रवद्र्धकहरूको तर्फबाट र ३० प्रतिशत सर्वसाधारणको तर्फबाट सब्स्क्राइब्ड गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यो व्यवस्थाको आधारमा रहेर एक अर्ब ४० करोड रुपियाँ हाम्रो कम्पनीको चुक्ता पुुँजी छ । यो आर्थिक वर्षमा सर्वसाधारणलाई अफर गरेर उठाउने जुन क्यापिटल छ, त्यो ६० करोड पुुग्छ । ६० र १४० करोड गरेर यो आर्थिक वर्षमा कम्पनीको पुँजी २०० करोड पुँजी पूरा हुन्छ ।

अर्को शाखा सञ्जाल प्रभावकारी रूपमा सेट गर्न सकिएन भने जीवन बीमा सेवा प्रवाह गर्न सक्ने स्थिति रहँदैन । त्यस कारण हामीले सम्पूर्ण कर्पोरेट अफिसबाट सेवा प्रवाह गर्ने जति पनि सेवा छ, बीमा लेख जारी गर्नेदेखि लिएर पोलिसी होल्डरहरूलाई उपलब्ध गराउने त्यो सबै प्रवाह गर्ने गरी २० स्थानमा शाखाको व्यवस्था गरेका छौँ । त्यही शाखाअन्तर्गत रहेर सेवा प्रवाह गर्ने हाम्रो छुट्टै उपशाखा पनि छन् । उपशाखा ७७ जिल्लालाई समेट्ने गरी स्थापना गरेका छौँ । त्यो उपशाखामार्फत पनि बीमा लेख जारी गर्ने, बीमाअन्तर्गतको सुविधा उपलब्ध गराउने, बीमाको बजारीकरण गर्ने क्रियाकलाप गरिरहेका छौँ ।

जीवन बीमा कम्पनी स्थापना गर्न लामो समय लाग्छ । बीमा सेवा भनेको प्राविधिक सेवा हो । यसमा क्रियाशील हुने भनेका कर्मचारी र अभिकर्ता नै हुन् । कर्मचारी र अभिकर्ताहरूको जुन क्षमता विकास गर्नुपर्ने हुन्छ, त्यो विकास गर्ने अवस्थामा हामी पुुग्न सकेनौँ भने त्यो कम्पनी स्थापना भएको भनेर मान्नु पनि हुँदैन ।

जीवन बीमा कम्पनी स्थापना गर्न लामो समय लाग्छ । बीमा सेवा भनेको प्राविधिक सेवा हो । यसमा क्रियाशील हुने भनेका कर्मचारी र अभिकर्ता नै हुन् । कर्मचारी र अभिकर्ताहरूको जुन क्षमता विकास गर्नुपर्ने हुन्छ, त्यो विकास गर्ने अवस्थामा हामी पुुग्न सकेनौँ भने त्यो कम्पनी स्थापना भएको भनेर मान्नु पनि हुँदैन । जीवन बीमाको व्यवसायको आधार भनेको बीमा शुल्क हो । जीवन बीमा करार, जीवन बीमा भनेको लामो अवधिको लागि गरिन्छ । तिनको नवीकरणको स्थिति के छ, कर्मचारीहरूले के कति कुरा बुुझेका छन्, अभिकर्ताहरूको क्षमता कति छ भन्ने सबै कुरा थाहा पाउनका लागि नै लामो अवधि लाग्ने हुन्छ । यस मानेमा अघि जीवन बीमा कम्पनीको स्थापनाको चरण पाँच वर्षको अवधि समाप्त हुँदा मात्र सकिन्छ । त्यसपछि मात्र कुन जीवन बीमा कम्पनीले कुन बाटोे लिएको छ भन्न सक्छौँ । यस अर्थमा व्यवसायको हिसाबले हामी सन्तुुष्ट छौँ । व्यावसायिक आधारमा कुरा गर्दा हामीले परम्परागत प्रकृतिका योजना नै मूलभूत रूपमा फोकस गरेर बजारमा गएका छौँ । हामीले नवीकरण हुन सक्ने अवस्थालाई नवीकरण हुनुपर्छ । भोलि नवीकरण नभए यसले कम्पनीको नेटवर्कमा हिट गर्छ भन्ने कुरालाई आधार मानेर बजारीकरण गर्ने गरेका छौँ । हाम्रा कर्मचारी, अभिकर्ताहरूलाई त्यसरी स्कुलिङ विकास गर्दै अगाडि बढिरहेका छौँ । हामीले अघिल्लो वर्ष मात्र गरेको व्यवसाय होस् या यो आर्थिक वर्षमा प्राप्त गरेको बीमा शुल्क सँगसँगै नवीकरणीय बीमा शुल्क छ । अघिल्लो वर्ष हामीले झन्डै ८० प्रतिशतको हाराहारीमा नवीकरण पनि गर्न सकेका छौँ । संकेत एकदम राम्रो र भविष्यमा यो कम्पनी स्थिर, विश्वश्नीय रूपमा अघि बढ्नेमा विश्वस्त छौँ । अहिले गरेको काम कारबाहीमा सन्तुुष्ट पनि छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री