शनिबार, ८ वैशाख २०८१

नाडामा सुजकीको पर्वोत्सव योजना, २ लाखसम्मको नगद छुट

समयपोष्ट २०७६ भदौ ११ गते ९:४८

Advertisement

नाडा अटो सो तथा नेपालीहरुको महान् पर्वको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ ।

यस वर्ष, सुजुकी पर्वोत्सव योजनामा २ लाखसम्मको नगद छुट, अधिकतम १ लाख सम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टम मार्फत् अधिकतम १ लाखसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ ।

यसका साथै नाडा अवधिभर नडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम ५० हजारसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने छ । यसका साथै नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ। नाडा अटो शोमा कम्पनीले एर्टिगा, कियाज र एस क्रस गरी तीन मोडेलका गाडी पनि विक्रीमा राखेको छ ।

जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार, ३८ लाख २९ हजार तथा ४२ लाख ९९ हजार रहेको छ । यस कारले उपभोक्ताहरुको वातावरण मैत्री अटोमोबाइल्सप्रतिको धारणालाई परिवर्तन समेत गर्ने विश्वास लिइएको छ ।

हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरण मैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको छ । दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिन्छ ।

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात् कहिले व्याट्रिको मात्र खपत हुन्छ भने कहिले व्याट्रिको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । व्यट्रिले मात्र इन्जिनमा शक्ति पु¥याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर व्याट्रिमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जव ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको व्याट्रि चार्ज हुन्छ ।

वातावरण मैत्री हाइब्रिडकारले ग्राहकलाई असीमित यात्राको स्वतन्त्रता प्रदान गर्दछ । योजना विना नै पनि कतै यात्रा गर्नुपरेको त्यस्तो यात्रालाई कतै मोड्नु पर्दैन नत चार्जिङ्गको तनाव नै व्यहोर्नु पर्नेहुन्छ । यात्रा गर्दा कुन विकल्पलाई छनौट गर्ने भन्ने कुरा चालक आफैले तय गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री