शनिबार, ८ वैशाख २०८१

स्याङ्योङको नयाँ मुस्सो ग्रान्ड कार सार्वजनिक

समयपोष्ट २०७६ भदौ ११ गते ९:०१

Advertisement

नाडा अटोशोमा साङयोङ मोटर्सले नयाँ गाडी सार्बजनिक गरेको छ। कम्पनीको मुस्सो ग्रान्ड कार अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेका हुन् ।

भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा साङयोङको स्टल नं. एच १४ मा नयाँ गाडी सार्बजनिक गरिएको हो। यसमा अधिकतम छुट दिइने विज्ञप्तिमा उल्लेख छ। उपयोगिताको हिसाबले ‘मस्कुलर स्पोर्ट युटिलिटी ट्रक’को बिषेशता यसमा छ। साङयोङको नेपालको लागि आधिकारिक विग्रेता आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्स हो। ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी सयुभिज् उपलब्ध गराउँदै आएको छ।

कम्पनीले रेक्सजन, कोरान्डो, टिभोली, एक्सएलभी र एक्ट्योन स्पोर्ट तथा मुस्सो बजारमा बिक्री गरिरहेको छ।

स्याङयोङले गाडी खरीदमा एक वर्षको बिमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, तीन वर्षको बारेन्टी सुविधा दिने छ। मासिक किस्तामा किन्न सकिने कारमा २५ हजारसम्मको एसिसोरिज पाइने छ। यसको सुरुवाती मूल्य ७३ लाख ९९ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री