बिहीबार, १५ चैत २०८०

टाटाको गाडी खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकको कर्जा सुविधा

समयपोष्ट २०७६ भदौ ९ गते १३:२८

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित सिप्रदी ट्रेडिङ्ग बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गबाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकको स्टल नं. ई२० बाट थप जानकारी पाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री